पर्सा, १५ वैशाख । पर्साको पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा सशस्त्र प्रहरी बल, नेपालले आगलागी तथा विपद् व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
(advrts)

वैशाख १५ गते साँझ ४:५० बजे सशस्त्र प्रहरी बल, नेपाल अस्थायी मनसुन प्रतिकार्य बेस पोखरियाबाट स.प्र. ना.उ. कुमार बरालको कमाण्डमा खटिएको १५ जनाको टोलीले उक्त कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान, नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दालगायत करिब १५० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई आगलागी हुन नदिन अपनाउनुपर्ने सावधानी, विपद् आइपर्दा गर्ने प्रारम्भिक प्रतिक्रिया तथा उद्धारका आधारभूत विधिबारे जानकारी गराइएको थियो।
सशस्त्र प्रहरी बलका अनुसार समुदायस्तरमा जनचेतना अभिवृद्धि गरी सम्भावित विपद् न्यूनीकरण गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो।
