वीरगंजबाट ३.५० लाख रुपैयाँ बराबरको चोरीपैठारी सामान बरामद

बिदेश राजनीति समाचार

वीरगंज,९ पुस ।

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१६ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीका सामान बरामद गरेको छ।

पौष ८ गतेको कारबाहीमा बरामद गरिएका सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षालाई कडा बनाउँदै चोरीपैठारी रोकथाममा सशस्त्र प्रहरी सक्रिय रहेको जनाइएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *