मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो।

राजनीति समाचार

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ ।

प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनकाअनुसार  कांग्रेसले लेखा समितिको सभापति पाएको छ ।

माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बालबालिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महतोले जानकारी दिए ।

आ–आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *