२४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका तीन प्रहरी अधिकारी सम्मानित हुने

बिदेश राजनीति समाचार

काठमाडौं,८ माघ ।  २४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका नेपाल प्रहरीका तीन जना वरिष्ठ अधिकारीलाई सम्मानित गरिने भएको छ।

सशस्त्र प्रहरी बलको मुख्यालय, काठमाडौँले मंगलबार आयोजना गर्ने कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणी आचार्य, पर्साका एसपी कुमोध ढुंगेल र सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहलाई कदर पत्र प्रदान गरेर सम्मानित गरिनेछ।

सशस्त्र प्रहरी बलले मधेसमा आफ्नो कार्यक्षेत्रभित्रका जिम्मेवारीलाई प्रभावकारी बनाउन उनीहरुले पुर्‍याएको सहयोगको उच्च मूल्यांकन गर्दै सम्मान गर्न लागिएको जनाएको छ।

सम्मान कार्यक्रम सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा आयोजना हुनेछ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *