बिरगंज ,८ माघ ।
पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना.५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकल यात्री बारा फेटा गाउँपालिका-५ निवासी ४५ वर्षीय चोकट भन्ने तयमोदिन मियाँको मंगलबार बिहान मृत्यु भएको छ।
ठक्करपछि गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि नारायणी अस्पताल, वीरगंज पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यस घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
