पर्सा प्रहरीद्वारा २ जना नक्कली प्रशिक्षार्थी पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,बिरगंज ,माघ २२।जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना नक्कली प्रशिक्षार्थीलाई नारायणी यातायातको ट्रायल सेन्टरबाट पक्राउ गरेको छ ।


बिरगंज म.न.पा. वडा नं. २३ मा पर्ने ट्रायल सेन्टरबाट  वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले  सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ बस्ने  बर्ष ३६ को निजामोदिन अंसारीको ठाउमा बिरगंज म.न.पा. वडा नं. २४ रामगढवा बस्ने बर्ष २० को सर्दुन अंसारीले लिखित परिक्षाको लागी किर्ते हाजिरी गरेकोमा दुबै जनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।

उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको  छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *