धरानको खानेपानी समस्या समाधान गर्न टेण्डर आह्वान गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता

बिदेश राजनीति समाचार

काठमाडौं, माघ ९।  खानेपानी मन्त्री प्रदीप यादवले धरानको खानेपानी समस्या समाधानका लागि यस वर्षभित्र टेण्डर आह्वान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। आज धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) मन्त्रालयमा उपस्थित भई धरानवासीको खानेपानी समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

मन्त्री यादवले धरानवासीप्रति सधैं सकारात्मक रहेको बताउँदै, एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा एकीकृत खानेपानी आयोजना अन्तर्गत आवश्यक प्रक्रिया अघि बढाइने जनाए।

धरान उप–महानगरपालिकाले खानेपानी योजनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने जिम्मेवारी लिने सहमति भएको छ। मन्त्री यादवले समस्या समाधानका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता पनि व्यक्त गरे।

मन्त्रीको आग्रहमा नगरप्रमुख राईले अन्यत्र नजान र खुशीसाथ धरान फर्किने प्रतिबद्धता जनाएका छन्। धरानवासीको दीर्घकालीन समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको यो खबरले स्थानीयमा उत्साह थपेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *