बबरमहलमा पाइप फुट्दा जलमग्न, खानेपानी मन्त्री प्रदीप यादवको निरीक्षण

समाचार

काठमाडौं, माघ ३० – काठमाडौंको बबरमहलस्थित खानेपानी थोक वितरण प्रणालीको पाइप बुधबार दिउँसो फुट्दा सो क्षेत्र जलमग्न भएको छ। नेपाल विद्युत प्राधिकरणले भूमिगत लाइन राख्ने क्रममा गरिएको होरिजोन्टल ड्रिलिङका कारण पाइप फुटेको हो।

खानेपानी मन्त्री प्रदीप यादवले उक्त घटनाबारे जानकारी पाउनासाथ पोखराबाट काठमाडौं फर्की बबरमहलको निरीक्षण गरेका छन्। मन्त्री यादवले पानी रोक्ने तथा क्षति न्यून गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र पिआइडि प्रमुखलाई तत्काल कदम चाल्न निर्देशन दिएका छन्।

उनका अनुसार हाल करिब ५० प्रतिशत पानीको बहाव घटिसकेको छ। घटनास्थलमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य, केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेल, पिआइडिका प्रमुख टिकाबहादुर चौधरीसहितको टोली राहत तथा मर्मत कार्यमा खटिएको छ।

पाइप फुटेपछि विशेष अदालतसहितका सरकारी भवनहरू जलमग्न भएका छन् भने स्थानीय यातायातमा अवरोध पुगेको छ। मन्त्री यादवले शीघ्र मर्मत गरी जनजीवन सुचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

(नयाँ अपडेट आउनेक्रममा…)

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *