मकवानपुर, २ फागुन ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ ड्राइभरडाँडामा ४ ग्राम ९१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जना पक्राउ परेका छन्।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा वीरगञ्जबाट हेटौंडातर्फ आइरहेका दुई वटा मोटरसाइकल (प्र.२-०३-०२१ प ६३०८ र बा.प्र. ०३-००५ प ९६६६) रोकि चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
निखिल तिमल्सिनाले आफ्नो बाँया खुट्टाको जुत्ताभित्र लुकाई ल्याएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा चारै जनाले लागूऔषध खरिद गरी ल्याएको स्वीकार गरेका छन्। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू:
१. निखिल तिमल्सिना (वर्ष २३), हेटौंडा–८, मकवानपुर
२. भिमसेन पाण्डे (वर्ष २८), हेटौंडा
३. मन्जित गौतम (वर्ष २७), हेटौंडा–७
४. साकार ढुंगेल (वर्ष २०), हेटौंडा–५
प्रहरीले लागूऔषध नियन्त्रण तथा अनुसन्धानलाई निरन्तरता दिने जनाएको छ।
