पर्साको ठोरीमा दुई सयभन्दा बढी गाई अलपत्र, मुख्यमन्त्री सिंहद्वारा तत्काल राहतका लागि निर्देशन

समाचार

पर्सा ,८ फागुन ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ स्थित एक गाई फर्ममा करिब दुई सयभन्दा बढी गाई अलपत्र अवस्थामा फेला परेका छन्। फर्मका साझेदारहरूबीचको विवादका कारण रेखदेख गर्ने कोही नभएपछि गाईहरू संकटमा परेको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले यसबारे सूचना प्राप्त हुनासाथै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई वस्तुस्थितिबारे थप जानकारी लिन र गाईको हेरचाहका लागि पशुविज्ञसहितको टोली तत्काल पठाउन निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिंहले विवादका कारण जेसुकै भए पनि फर्मका गाईहरूको उचित हेरचाह सुनिश्चित गर्न फर्मका तीन साझेदारलाई खोजी गरी गौसेवाप्रति जवाफदेही बनाउन पर्सा प्रहरीलाई आदेश दिएका छन्।

यसैबीच, अर्को व्यवस्थापन नभएसम्म गाईहरूको हेरचाहमा अग्रसर हुन ठोरी गाउँपालिकाको नेतृत्व र अन्य सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *