बिरगंज ,१२ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका-१२, मुर्लीस्थित घर भाडामा लिएर अनलाइन जुवा (सट्टाबाजी) संचालन गर्दै आएका एक युवकलाई नियन्त्रणमा लिएको छ।
मिति २०८१ फागुन १० गते करिब ३ बजे पर्सा प्रहरीको टोलीले भारतको मोतीहारी, ढाका ग्राम देवापुर निवासी २३ वर्षीय रबिशंकर ठाकुरलाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीले ठाकुरको साथबाट विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू बरामद गरेको छ, जसमा २ थान Acer ल्यापटप, ८ थान कीबोर्ड, २ थान Lenovo ल्यापटप, २ थान पेन ड्राइभ, १ थान Samsung ल्यापटप, १ थान iPhone-7 मोबाइल, ४ थान Dell ल्यापटप, १ थान Redmi Note-10 Pro मोबाइल, २ थान राउटर, ९ थान माउस, ६ थान हेडफोन, २ थान क्यामेरा, ९ थान ल्यापटप चार्जर, र १ थान Seagate हार्ड डिस्क रहेका छन्।
पक्राउ परेका ठाकुरमाथि जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्।
