रौतहट प्रहरीद्वारा १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद

समाचार

रौतहट ,१३ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो।

फागुन १ गतेदेखि हिजो सोमबार १२ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट  कागजात नभएको विभिन्न कम्पनीको १२ मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।

कागजात नभएका १२ वटा मोटरसाइकलको कुल ९ लाख ६० हजार मूल्यांकन गरी  मंगलबार गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
एसपी घिमिरेको निर्देशनमा रौतहटस्थित प्रहरीले चोरीको कागजपत्र नभएको मोटरसाइकल नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरेको छ।

अभियान अन्तर्गत प्रहरीले दर्जनौं मोटरसाइकल बरामद गरी यसअघि भन्सारमा बुझाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *