पर्सा, फागुन १९ ।
सामुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित श्री गौतम सेकन्डरी स्कुल, श्रीपुरमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले लागुऔषध ओसारपसार, साइबर अपराध, बाल विवाह तथा दाइजो प्रथाका सम्बन्धमा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।
सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरू गरी करिब १३४ जना उपस्थित रहेका थिए। कार्यक्रम दिउँसो १:०० बजे सुरु भई २:३० बजे सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
