बिरगंज भन्सार चेकपोस्टमा २.७ केजी गाजा सहित भारतीय नागरिक पक्राउ

समाचार

बिरगंज, ६ चैत ।

नेपालबाट भारततर्फ जाँदै गरेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले लागू औषध गाजा सहित पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजका वरिष्ठ हवलदार मान बहादुर दमाईको कमान्डमा खटिएको तालिमप्राप्त कुकुरसहितको टोलीले चेकजाँचको क्रममा २५ वर्षीय राजा कुमार सोनीलाई नियन्त्रणमा लिएको हो। उनी भारत बिहारको पश्चिमी चम्पारण, बेतिया वार्ड नम्बर ५, साठी लौरियाका बासिन्दा हुन्।

सशस्त्र प्रहरीका अनुसार सोनीले प्लास्टिकमा बेरि आफ्नो शरीरमा लुकाइछिपाइ राखेको २.७०० केजी गाजा सहित उनलाई पक्राउ गरिएको हो। पक्राउ परेका सोनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी इनर्वा बुझाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *