अवैध रूपमा भन्सार छलि ल्याइएको १० लाखभन्दा बढीको सामान सशस्त्र प्रहरीद्वारा बरामद

समाचार

पर्सा, १९ चैत ।

सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा भन्सार छलि ल्याइएका कपडा र मकै बरामद गरेको छ।

मधेश प्रदेशको पर्सा जिल्लामा सशस्त्र प्रहरी बलको टोलीले विशेष सूचनाको आधारमा गरिएको कारबाहीमा रु १० लाख ५३ हजार ९ सय बराबरको सामान नियन्त्रणमा लिएको हो।

प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको पाँचजनाको मोबाइल गस्ती टोलीले पर्सा जिल्लाको वीरगञ्ज–पोखरिया सडकखण्डस्थित अलौमा मधेश प्रदेश–०३–००१ह ३०९४ नम्बरको मयुरी रिक्सा प्रयोग गरी भारतबाट अबैध रूपमा भन्सार छलि ल्याउँदै गरेको रु ३ लाख ८७ हजार बराबरको कपडा बरामद गरेको थियो।

त्यसैगरी, सोही दिन पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ स्थित सतुमाई मन्दिर नजिकबाट भारततर्फ लगिँदै गरेको रु ६ लाख ६६ हजार ९ सय मूल्य बराबरको मकै बरामद गरिएको छ। बरामद गरिएको सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *