काठमाडौं, १९ चैत – काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि ४१ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा गत चैत १५ गते आयोजना गरिएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउनुका साथै सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षाकर्मीहरूमाथि घरेलु हतियार, ढुङ्गा, लाठी तथा फलामका रड प्रहार गरी घाइते बनाएको तथा प्रहरीको हातहतियारसमेत खोस्ने प्रयास गरिएको प्रहरीको दाबी छ।
यस्तै, नागरिक उड्डयन प्राधिकरण, अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्ड, नेपाल आयल निगमको भण्डारण स्थल, विभिन्न राजनीतिक दलका कार्यालय, सञ्चार गृह, अस्पताल तथा अन्य सार्वजनिक स्थानहरूमा तोडफोड र आगजनी गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ४१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ। उनीहरूमाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, अपराधिक उपद्रवलगायतका कसुरमा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका प्रतिवादीहरुः राज्य विरुद्दको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गतः ११ (एघार) जना
१.जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाट्टी वस्ने वर्ष ५९ को रविन्द्र मिश्र
२.जिल्ला बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १० बस्ने वर्ष ६२ को माननीय (सांसद) डा. धवल शम्शेर ज.व.रा.
३.जिल्ला झापा, बुद्दशान्ति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २९ को पुष्कर खतिवडा
४.जिल्ला रुपन्देही, सैनामैना नगरपालिका वडा न. १ बनकट्टा स्थायी घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर न.पा. मनमैजु वस्ने वर्ष ३८ को गोपाल मल्ल
५.जिल्ला लमजङ, सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई काठमाडौं जिल्ला तार्केश्वर न.पा. वडा नं.६ वस्ने वर्ष ५५ को मनिन्द्र राजभण्डारी
६.जिल्ला झापा, मेचिनगर न.पा. ७ जोरसिमल स्थायी घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को गोपिकृष्ण खड्का
७.जिल्ला सुनसरी, बराहक्षेत्र न.पा. ५ लक्ष्मीपुर स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को सन्तोष चौधरी
८.जिल्ला झापा, बिर्तामोड न.पा.४ मेगाबारी स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ५१ को राम कुमार धिमाल
९.काठमाडौं जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ४१ को पशुपति खड्का
१०.जिल्ला जुम्ला, तातोपानी गा.पा. वडा नं. ५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.३२ तिनकुने वस्ने वर्ष ४२ को हरिहर चौलागाई
११जिल्ला तनहुँ, व्यास न.पा. २ बस्ने वर्ष ३९ को विष्णु पराजुली
अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गतः ४१ (एकचालिस) जना:
१.जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. १८ भैसेपाट्टी वस्ने वर्ष ५९ को रविन्द्र मिश्र
२.जिल्ला बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १० बस्ने वर्ष ६२ को माननीय (सांसद) डा. धवल शम्शेर ज.व.रा.
३.जिल्ला झापा, बुद्दशान्ति गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २९ को पुष्कर खतिवडा
४.जिल्ला रुपन्देही, सैनामैना नगरपालिका वडा न. १ बनकट्टा स्थायी घर भई हाल काठमाडौं जिल्ला, तारकेश्वर न.पा. मनमैजु वस्ने वर्ष ३८ को गोपाल मल्ल
५.जिल्ला लमजङ, सुन्दरबजार न.पा. वडा नं. १ स्थायी घर भई काठमाडौं जिल्ला तार्केश्वर न.पा. वडा नं.६ वस्ने वर्ष ५५ ५५ को मनिन्द्र राजभण्डारी
६.जिल्ला झापा, मेचिनगर न.पा. ७ जोरसिमल स्थायी घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को गोपिकृष्ण खड्का
७.जिल्ला सुनसरी, बराहक्षेत्र न.पा. ५ लक्ष्मीपुर स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ४२ को सन्तोष चौधरी
८.जिल्ला झापा, बिर्तामोड न.पा.४ मेगाबारी स्थायी घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ५ वस्ने वर्ष ५१ को राम कुमार धिमाल
९.काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने वर्ष ४१ को पशुपति खड्का
१०.जिल्ला जुम्ला, तातोपानी गा.पा. वडा नं. ५ घर भई हाल का.जि. का.म.न.पा. वडा नं.३२ तिनकुने वस्ने वर्ष ४२ को हरिहर चौलागाई
११.जिल्ला तनहुँ, व्यास न.पा. २ बस्ने वर्ष ३९ को विष्णु पराजुली
१२.जिल्ला स्याङ्जा, वालिङ्ग नगरपालिका वडा नं. १० अदाङ्दी बस्ने वर्ष ५१ को देब बहादुर थापा मगर १२
१३.जिल्ला रौतहट, माधवनारायण नगरपालिका वडा नं. ३ बस्ने वर्ष २४ को राज ठाकुर
१४.जिल्ला काठमाडौं, का.म.न.पा. बागबजार बस्ने वर्ष २५ को प्रसिद्द मल्ल
१५.जिल्ला रुकुम, आरविसकोट नगरपालिका वडा नं. १२ बस्ने वर्ष २६ को विकास ओली
१६.जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका वडा न. ५ टुटेश्वर बस्ने वर्ष २७ को सुदर्शन थापा
१७.जिल्ला खोटाङ, राउवाबेशी गा.पा. वडा नं १ बस्ने वर्ष ६३ को डा. राज कुमार राई
१८.जिल्ला खोटाङ, दिप्रुङचुङ गा.पा. वडा नं ३ बस्ने वर्ष ५८ को भगवती रोक्का
१९ .जिल्ला उदयपुर, बेलका न.पा. वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर, मध्येपुर ठिमी न.पा. वडा नं. ४ गाम्छा वस्ने वर्ष ३६ को नबिन ढकाल
२० .जिल्ला सप्तरी, सप्तकोशी न.पा. वडा नं. १ घर भई जिल्ला भक्तपुर, मध्यपुर ठिमि न.पा. वडा नं. ४ गाम्छा वस्ने वर्ष ३० को आलोक पराजुली
२१.जिल्ला रौतहट, औराया घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ जडिबुटी बस्ने वर्ष १९ को ईरफान खान
२२.जिल्ला सिन्धुपाल्चोक, त्रिपुरा सुन्दरी गा.पा. वडा नं. २ घर भई का. जि. बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन वस्ने वर्ष ४९ को गणेश बहादुर गुरुङ
२३.जिल्ला काभ्रेपलाञ्चोक, महाभारत गा.पा. वडा नं. ५ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक धुलीकेल न.पा. वडा नं. ४ खड्बु बस्ने वर्ष २३ को बिबेक खनाल
२४.जिल्ला बारा, आदर्श कोतवाल गा.पा. वडा नं. १ घर भई हाल जिल्ला ललतिपुर, ललितपुर म.न.पा. वडा नं. २५ भैंसेपाटी वस्ने वर्ष ३० को उपेन्द्र साह
२५.जिल्ला मकवानपुर, थाहा न.पा. वडा नं. १० घर भई हाल का.जि. का.म.न.पा. वडा नं. १४ कलंकी वस्ने वर्ष २९ को कृष्ण कुमार वस्नेत २५
२६.जिल्ला चितवन, भरतपुर म.न.पा. वडा नं. ४ वस्ने वर्ष ४९ को जिवन पुरी
२७.जिल्ला कैलालि, बर्दगोरिया गा.पा. वडा नं. १ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ११ बबरमहल वस्ने वर्ष १९ को गणेश प्याकुरेल
२८.जिल्ला दोलखा, भिमेश्वर न.पा. वडा नं. ३ घर भएको वर्ष १९ को सरुन थापा
२९.जिल्ला काठमाडौं, दक्षिणकाली न.पा. वडा नं. ८ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ६ बस्ने वर्ष २९ को श्रवण लामा
३०.जिल्ला रामेछाप, दोरम्बा गा.पा. वडा नं. ३ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ६ वस्ने वर्ष २० को स्टन लामा
३१.जिल्ला नुवाकोट, विदुर न.पा. वडा नं. ६ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर बस्ने वर्ष ४४ की शुशिला कुमाल
३२.जिल्ला धादिङ, धुनीबेसी गाउँपालिका वडा नं. ७ घर भई हाल का.जि. चन्द्रागिरि न.पा. वडा नं. ३ बस्ने वर्ष २९ को आशिष तामाङ
३३.जिल्ला सिन्धुपाल्चोक, साँगाचोकगढी न.पा. वडा नं. ८ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष ३८ की निर्मला कार्की
३४.जिल्ला सुनसरी, धरान उप-महानगरपालिका वडा नं. २ घर भई हाल का.जि. का.म.न.पा.वडा नं. ३२कोटेश्वर वस्ने वर्ष ४२ की ऐलिसा राई
३५.जिल्ला सुर्खेत, भेरीगंगा न.पा. वडा नं. १३ घर भई हाल जिल्ला ललितपुर, गोदावरी बस्ने वर्ष ३२ को
भबिन्द्र बि.सी.
३६.जिल्ला गुल्मी, सत्यावती गा.पा. वडा नं. ६ घर भई हाल का.जि. गंगोबु बस्ने वर्ष ३४ की लिला राणा
३७.जिल्ला सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ७ घर भई हाल का.जि. का.म.न.पा. वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष १९ की चित्रमाया बस्नेत
३८.जिल्ला सिन्धुली, तिनपाटन गा.पा. वडा नं. ७ घर भई हाल का.जि. का.म.न.पा.वडा नं. ३२ कोटेश्वर वस्ने वर्ष १९ की सस्मिता बराल
३९.जिल्ला बझाङ, खपतडछान्ना गा.पा. वडा नं. २ घर भई हाल का.जि. बुढानिलकण्ड न.पा. ११ बस्ने वर्ष २८ को निराजन गिरी
४०.जिल्ला दोलखा, शैलुङ गा.पा. वडा नं. ३ घर भई हाल का.जि. का.म.न.पा. ३२ बस्ने वर्ष ३२ को प्रेध बहादुर
४१.जिल्ला कालीकोट, महावई गा.पा. वडा नं. ६ स्थायी घर भई हाल जिल्ला ललितपुर, ल.पु. म.न.पा. वडा नं. ५ कुमारीपाटी बस्ने वर्ष ३२ को मनिष कुमार शाही
