बारा, चैत २७ ।
सशस्त्र प्रहरी बल बारा अन्तर्गत सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा झण्डै २ लाख रुपैयाँ बराबरको विभिन्न भन्सार छली गरिएका कपडा बरामद गरेको छ।
डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको वीरगञ्ज बसपार्कबाट हेटौंडातर्फ जाँदै गरेको हाईस माइक्रोबसलाई जितपुर सिमरा उपमहानगरपालिका–८ मा रोकी चेकजाँच गर्दा ती अवैध कपडा फेला पारेको हो।
सशस्त्र प्रहरीले उक्त कपडालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
