प्रहरी काममा बाधा पुरयाउने एक व्यक्ति पक्राउ

समाचार

बारा,  वैशाख ९

जिल्ला प्रहरी कार्यालय, बाराले लागुऔषध ओसारपसार रोकथाम गर्ने क्रममा प्रहरी कार्यमा बाधा तथा अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८१ फागुन २४ गते बिहान करिब ११:३० बजे सिम्रौनगढ नगरपालिका–६, अमरपुर टोलस्थित नेपाल–भारत सिमानाबाट लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा चेकजाँच र सोधपुछ गर्ने क्रममा करिब १०–१५ जनाको समूहले प्रहरीको काममा अवरोध गर्दै हातपात तथा अभद्र व्यवहार गरेको थियो।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्दै जाँदा मिति २०८२ वैशाख ८ गते कलैया बजार क्षेत्रबाट बारा जिल्ला सिम्रौनगढ नगरपालिका–२, मौवाही टोल बस्ने करिब ४५ वर्षीय भोला साह कानुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले उक्त जानकारी दिएका हुन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *