वीरगञ्जमा जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ, अर्का फरार अभियुक्तको खोजी जारी

समाचार

रसीद आलम ।

वीरगञ्ज, २८ बैशाख — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३ बाट जबरजस्ती करणी अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.६ बेलहिया घर भई हाल वीरगञ्जमा बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह रहेका छन्।

प्राप्त जानकारीअनुसार २०८२ साल वैशाख २७ गते राति १:४५ बजे, साह र उनको एक साथीसहित दुई जनाले नाम, थर र वतन गोप्य राखिएकी एक महिलालाई एक्लो अवस्थामा पारेर मुख थुनी जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित पक्षबाट पर्सा प्रहरीमा दिइएको जाहेरीका आधारमा दिनानाथ साहलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार, घटनामा संलग्न अर्का करणी अभियुक्तको पहिचान भइसकेको छ र उनको खोजी तथा पक्राउको प्रयास जारी छ। पक्राउ परेका साहमाथि पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता, डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

पक्राउ विवरणः

  • नाम: दिनानाथ साह
  • उमेर: ५० वर्ष
  • ठेगाना: स्थायी – जि. बारा, प्रसौनी गा.पा.–६, हाल – वीरगञ्ज म.न.पा.–१३
  • पक्राउ मिति: २०८२।०१।२८
  • कसूर: करणी सम्बन्धी अपराध
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *