महेशपुर खानेपानी आयोजना शिलान्यास : १५ हजारभन्दा बढी लाभान्वित हुने आशा

राजनीति समाचार

बारा, वैशाख २९ । खानेपानी मन्त्री प्रदीप यादवले आज बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत महेशपुरमा एक भव्य समारोहका बीच महेशपुर खानेपानी आयोजना शिलान्यास गरेका छन्।

उक्त आयोजना वडा नं. १५, २६ र २७ मा सञ्चालन हुने छ, जसले यहाँका स्थानीय बासिन्दाहरूको दीर्घकालीन खानेपानी सम्बन्धी सपना साकार पार्ने अपेक्षा गरिएको छ। मन्त्री यादवका अनुसार यस आयोजनाबाट करिब १५,५६५ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ।

उक्त आयोजना दिगो र सहज खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्न एक महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

कार्यक्रममा सहभागी सम्पूर्ण नगरवासीलाई धन्यवाद दिँदै मन्त्री यादवले भविष्यमा पनि जनताको निरन्तर साथ, सहयोग र सद्भाव रहने विश्वास व्यक्त गरे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *