(गुल्म अलौलेले तोड्यो तस्करीको सञ्जाल, पाँच लाखभन्दा बढीको अवैध सामान बरामद)
रसीद आलम ,वीरगञ्ज, ३० बैशाख। सशस्त्र प्रहरी बल गण नम्बर १३ अन्तर्गतको प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले तस्करीको सञ्जालमा कडा प्रहार गर्दै पाँच लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित एक मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल पर्साका अनुसार, बैशाख ३० गते डिएसपी कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएको मालसामान नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको सामग्रीमा भन्सार मूल्य रु. ५,०१,४०० बराबरको कपडा र ना १८ प ८२७२ नम्बरको मोटरसाइकल रहेका छन्।
उक्त सामान पर्सा जिल्लाको बिन्दावासिनी गाउँपालिका–१ स्थित गर्दौलाबाट पोखरिया तर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको थियो।
सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देवेन्द्र बहादुर सिंहका अनुसार बरामद गरिएको कपडा र मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
