काठमाडौं ,१६ जेठ । सशस्त्र प्रहरी बलका डिआइजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एक एआईजी पदका लागि दोस्रो वरियताका डिआइजी ठाडा मगरको नाम सिफारिस गरेको हो।
एआईजीमा बढुवा भएपछि अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बलियो भएको छ। ठाडा मगर सशस्त्र प्रहरी बलमा अनुशासित, दक्ष र निष्ठावान अधिकृतका रूपमा चिनिन्छन्।
यो बढुवा सिफारिसले संगठनभित्र नेतृत्व विकासमा नयाँ सम्भावना देखिएको बताइन्छ। ठाडा मगरको नेतृत्व क्षमतामाथि संगठनभित्र समेत विश्वास व्यक्त गरिएको छ।
