बस चेकजाँच क्रममा १ किलो ९३३ ग्राम चरेस र नगदसहित एक जना पक्राउ

समाचार

रसीद आलम
बारा, ११ असार।

जिल्ला प्रहरी कार्यालय, बाराको प्रहरी टोलीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

आज अपराह्न ४ः५० बजे प्रहरी चौकी पथलैयाबाट प्र.ना.नि. बब्बी बम्जनको कमाण्डमा खटिएको टोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा नारायणघाटबाट आउँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा एक जना सह-चालक साइडको सिटमा कालो झोला लिएर बसेका व्यक्ति शंकास्पद देखिएका थिए।

सो झोला खोली हेर्दा प्रहरीले १ किलो ९३३ ग्राम चरेस र नेपाली रुपैयाँ ६०,५००/- तथा भारतीय रुपैयाँ ३९,२१७/- गरी जम्मा नेपाली १ लाख २३ हजार २४७/- नगद बरामद गरेको हो।

पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ स्थायी ठेगाना भई हाल जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ६ सिदरीया टोल बस्ने अन्दाजी वर्ष ५६ का बच्चु कुमार बुढाथोकी रहेका छन्।

बरामद लागूऔषध र नगदसहित पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *