ग्राण्डी अस्पताल नजिक विष्णुमति खोलामा गाडी खस्दा चालकको सकुशल उद्धार

समाचार

काठमाडौं, १२ असार । काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ६ स्थित ग्राण्डी अस्पताल नजिक विष्णुमति खोलामा एउटा गाडी खसेर बगिरहेको अवस्थामा त्यसभित्र रहेका एक व्यक्तिको प्रहरीले स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरेको छ।

घटना आज बिहानको समयमा भएको हो। ग्राण्डी अस्पताल नजिकबाट गुडिरहेको गाडी अनियन्त्रित भई विष्णुमति खोलामा खसेको थियो। पानीको बहावका कारण गाडी बग्दै गरेको देखेपछि स्थानीयवासीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा प्रहरी टोली पुगेर स्थानीयवासीसँग मिलेर उद्धार कार्य सुरु गरेको थियो। उद्धारपछि गाडीभित्र रहेका व्यक्ति सकुशल रहेको र हाल उनलाई सामान्य उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ भने उद्धारमा सक्रिय सहभागिता जनाउने सबैलाई प्रहरीले धन्यवाद दिएको छ। सवारीसाधन चालकमाथि भने सचेत भएर गाडी चलाउन प्रहरीले अपिल गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *