घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

समाचार

बारा, असार १९।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादका कारण श्रीमतीको ज्यान लिएको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

मुलादिन मियाँका छोरा अन्दाजी ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई मासु काट्ने धारिलो हतियार (दाब) ले टाउको र घाटीमा प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार, घटनास्थलमै सहिना खातुनको ज्यान गएको थियो। हत्या गरिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र मातहतको मटिअर्वा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानपछि आरोपी बच्चा मियाँलाई हत्या गर्न प्रयोग गरिएको दाब सहित नियन्त्रणमा लिइएको छ।

घटनास्थलमै शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा टोली खटिएको थियो। हाल घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *