वीरगञ्ज, २ साउन ।
पर्सा जिल्ला बाल सुधार गृहका चौकीदार प्रमानन्द गुप्ता ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) जस्ता गम्भीर आरोपमा पक्राउ परेका छन्। जिल्ला सिराहा लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्ताले बाल सुधार गृहमा कार्यरत रहँदा विभिन्न मितिमा कैद सजाय भोगिरहेका १० जना बालबिज्ञाइकर्तालाई दबाब तथा प्रभावमा पारी नगद तथा Esewa मार्फत गरी कुल रु. १०,१५,३७०।– असुली गरेको पत्ता लागेको छ।
गुप्ता मिति २०८२।०३।३२ गते कैद भुक्तान गरी छुट्ने तयारीमा रहेको सूचना पाएसँगै पीडित बालबिज्ञाइकर्ताहरूले बाल सुधार गृह प्रशासन र प्रहरीसमक्ष जाहेरी दिएका थिए। सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई नियन्त्रणमा लिई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको पर्साका प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन्।
पक्राउ विवरणः
- नाम : प्रमानन्द गुप्ता
- उमेर : २४ वर्ष
- ठेगाना : लहान नगरपालिका–३, सिराहा
- पक्राउ मिति : २०८२।०३।३२
- कसूर : ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)
पर्सा प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
