सशस्त्रका जितपुर बेशका डिएसपी ठकुल्लाको तस्करी माथी कडा प्रहार ,करिब ३ लाखको कपडा बरामद ।

समाचार

बारा, ४ साउन ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश जितपुर, बाराले डिएसपी खेमराज ठकुल्लाको नेतृत्वमा भन्सार छलि गरिएका कपडा बरामद गरेको छ।

तस्करीविरुद्ध कडा प्रहार गर्दै करिब तीन लाख रुपैयाँ मूल्य बराबरको लेडिज रेडिमेड तथा थानका कपडा नियन्त्रणमा लिएको छ।

गत २०८२ साल असार ३० गते दिउँसो १:०० बजे जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया चोकमा खटिएको सशस्त्र प्रहरीको टोलीले बिरगंजबाट पथलैया तर्फ जाँदै गरेको एक यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लेडिज कुर्ता–सुरुवाललगायतको लत्ताकपडा फेला पारेको हो। बरामद कपडाको मूल्य करिब रु १,२१,६०० रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, साउन ४ गते बिहान ८:३० बजे जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया सडकखण्डमा स.प्र.स.नि होमनाथ सापकोटाको कमाण्डमा खटिएको गस्ती टोलीले पुनः भारतबाट भन्सार छलि ल्याइएको कपडा बरामद गरेको छ। उक्त बसको डिक्कीभित्र लुकाएर राखिएको करिब रु ८५,००० मूल्य बराबरको रेडिमेड कपडा तथा म्याक्सी थान कपडा फेला पारिएको हो।

यस्तै, सोही दिन बिहान ११:५० बजे, जितपुरसिमरा उपमहानगरपालिका–३, लल्कापुल क्षेत्रबाट पनि अर्को यात्रुबाहक बस जाँच गर्दा भन्सार छलि भारतबाट ल्याइएको रु ८५,००० बराबरको लेडिज कुर्ता–सुरुवाल बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपालका डिएसपी खेमराज ठकुल्लाको कमाण्डमा सञ्चालनमा ल्याइएको ती सबै कारबाहीहरूमार्फत हालसम्म जम्मा रु २,९१,६०० बराबरको तस्करीका कपडाहरू नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सुरक्षाबेशमा राखिएको सशस्त्र प्रहरी बल बाराले जानकारी  दिएको छ।

भन्सार छलि तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले चलाएको निगरानी तथा नियमित चेकजाँच अभियानप्रति स्थानीयवासी तथा सरोकारवाला निकायहरूले प्रशंसा व्यक्त गरेका छन्। सशस्त्र प्रहरी बल, बाराले यस प्रकारका गैरकानुनी क्रियाकलापविरुद्ध भविष्यमा पनि कठोर कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *