हनी ट्रयापमार्फत रकम असुली गर्ने २१ वर्षीया महिला पक्राउ

समाचार

सुर्खेत, साउन ७ ।
हनी ट्रयापमा पारेर आर्थिक लाभ (एक्सटर्सन) लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेख नौमुले गाउँपालिका–८ स्थायी ठेगाना भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २१ वर्षीया शिन्दु चन्दलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०८१ साल भदौ महिनामा चन्दले वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुलबुले भ्यु होटलमा मनोज कोइरालासँग चिनजान र आपसी सहमतिमा सम्बन्ध स्थापना गरेकी थिइन्। तर त्यसपछि उनले हनी ट्रयापको शैलीमा पीडितलाई जबर्जस्ती करणी मुद्दामा फसाउने तथा सामाजिक सञ्जाल तथा मिडियामा नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिँदै पटक–पटक गरी कुल रु. १४ लाख २५ हजार नगद असुली गरेकी थिइन्।

पीडितबाट प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक प्रमाण संकलन गरी चन्दलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रहरीले घटनालाई गम्भीररूपमा लिँदै हनी ट्रयापमार्फत हुने आर्थिक शोषणका घटनामाथि कठोर कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *