एसपी मिश्रको कडा एक्सन : सीमा नाकामा अवाञ्छित क्रियाकलापमा संलग्न १६ जना युवा पक्राउ

समाचार

बिरगंज, १४ साउन।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सीमा क्षेत्रमा गैरकानुनी गतिविधि नियन्त्रण गर्न कडा कदम चालेका छन्। विशेष अभियान सञ्चालन गर्दै सीमावर्ती क्षेत्रमा लागुऔषध सेवन गर्ने, अवाञ्छित गतिविधि गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न १६ जना युवालाई पक्राउ गरिएको छ।

जिल्लाको मुख्य सीमा नाकाहरूमा सुरक्षा निकायबाट कडा चेकजाँच भइरहेको भए पनि भित्री नाकाहरू हुँदै अवैध क्रियाकलाप बढेको जनगुनासोपछि प्रहरी टोलीले कारवाही अघि बढाएको हो। मिति २०८२ साउन १४ गते बिहान ११:०० बजे पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२, जानकीटोल चोकमा संयुक्त प्रहरी टोलीले विशेष अभियान सञ्चालन गरेको थियो।

पक्राउ गरिएका व्यक्तिहरू सीमावर्ती बाटो प्रयोग गरी विभिन्न प्रतिबन्धित लागुऔषधजन्य ट्याब्लेट, इन्जेक्सन, कोरेक्स आदि सेवन गरी नेपाल प्रवेश गर्ने, त्यसपश्चात हो-हल्ला, झैझगडा, सवारी दुर्घटना र अन्य आपराधिक गतिविधिमा संलग्न हुने गरेको प्रहरीको भनाइ छ। पक्राउको क्रममा केहीले प्रहरी कर्मचारीसँगै अभद्र व्यवहार गरेको समेत प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सबैलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट १० दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, अवैध गतिविधि रोकथामका लागि यस प्रकारको अभियानलाई अझ कडा बनाइनेछ।

पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:
१) सुजित पटेल (वर्ष २५), वीरगञ्ज–१७, पर्सा
२) दिनेश कुमार श्रेष्ठ (वर्ष२८), धनगढीमाई–१०, सिरहा
३) राहुल यादव (वर्ष३०), वीरगञ्ज–१७, पर्सा
४) श्यामसुन्दर यादव (वर्ष२७), वीरगञ्ज–२३, पर्सा
५) अजय दास (वर्ष२४), वीरगञ्ज–२३, पर्सा
६) फिरोज अन्सारी (वर्ष२५), वीरगञ्ज–२१, पर्सा
७) देवनारायण राम (वर्ष२३), वीरगञ्ज–२१, पर्सा
८) जितेन्द्र कुमार यादव (वर्ष३५), छिरेश्वर–१, धनुषा
९) सुमित कुशवाहा (वर्ष२६), वीरगञ्ज–१३, पर्सा
१०) नितेश मुखिया (वर्ष२७), विन्दवासिनी–२, पर्सा
११) दिनानाथ पटेल (वर्ष२९), वीरगञ्ज–१४, पर्सा
१२) मनुप अछामी (वर्ष२८), जितपुर सिमरा–२, बारा
१३) टलक बहादुर केसी (वर्ष२६), वीरगञ्ज–२३, पर्सा
१४) दिपेन्द्र पासवान (वर्ष२५), वीरगञ्ज–१४, पर्सा
१५) रोहन बुढाथोकी (वर्ष२७), ठोरी–४, पर्सा
१६) रिजवान हवारी (वर्ष२९), धोबिनी–३, पर्सा

एसपी मिश्रले सीमा क्षेत्रमा अवाञ्छित गतिविधि र लागुऔषधजन्य अपराधमा संलग्नलाई कुनै हालतमा छोड्ने छैन भन्ने सन्देश दिएको भन्दै प्रहरीले स्थानीयलाई सुरक्षा र कानूनको पालना गर्न आह्वान गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *