डिएसपी पुजाराको तस्करी संजालमाथि कडा प्रहार : सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित अबैध सामान बरामद

समाचार

वीरगञ्ज, २२ साउन ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट भन्सार छली ल्याइएका अबैध कपडा तथा ती सामान ढुवानी गर्न प्रयोग गरिएको मोटरसाइकलसहित रु. १,६७,९००।– बराबरको सामग्री बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ।

मिति २०८२।०४।२१ गते सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–०१, गर्दौल नजिक भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेको अवैध सामान पक्राउ गरेको हो।

उक्त अभियानमा रु. ७६,९००।– बराबरको विभिन्न कपडा तथा सो सामान ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल (मूल्याङ्कन रु. १,००,०००।–) सहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार भन्सार राजस्व संरक्षण र तस्करी नियन्त्रण अभियान अन्तर्गत नियमित गस्ती, सूचना संकलन र निगरानीलाई अझ प्रभावकारी बनाइएको छ। तस्करी रोकथाममा डिएसपी पुजाराको सक्रियता उल्लेखनीय रहेको जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *