बारा, साउन २७ ।
सशस्त्र प्रहरी बल, नेपाल बाराले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणीचोकबाट करिब ४ लाख रुपैयाँ बराबरको अवैध रेडिमेड कपडा र मोटरसाइकल बरामद गरेको छ।
मंगलबार बिहान अन्दाजी ७:३० बजे एफओबी छतवाबाट सप्रनानी अर्जुन पनेरुको कमान्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रेडिमेड कपडा र तीन वटा मोटरसाइकल पक्राउ गरेको हो।
बरामद गरिएको सामान र मोटरसाइकलको कुल मूल्य ४,०४,००० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।
