पर्सा सीमाबाट प्रतिबन्धित कुखुरा बरामद

समाचार

पर्सा, भदौ ७ ।
जिल्ला पर्साको बिन्दाबासिनी गाउँपालिका–२ बहुअर्वाभाटा नजिक नेपाल–भारत दसगजा सीमाक्षेत्रमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद गरेको छ।

शनिबार बिहान ११:१० बजे सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सप्रनाउ कृष्ण सिंह पुजाराको टोलीले ना १४ प २७०२ र ना ३६ प १८७९ नम्बरका दुई वटा मोटरसाइकलसहित करीब दुई लाख ६३ हजार रुपैयाँ बराबरको प्रतिबन्धित कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको कुखुरा गुल्म परिसरमा सम्बन्धित निकायको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद मोटरसाइकलहरू भन्सार बुझाउने प्रक्रियामा रहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *