वीरगञ्ज, भदौ ८ ।
हाल वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिका तीव्र रूपमा जनचेतना तथा सरसफाइ अभियान सञ्चालन गरिरहेको छ।
महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार बजार क्षेत्रमा विक्रि–वितरण भइरहेका माछा, मासु, सेकुवा तथा अन्य पशुजन्य पदार्थको ढुवानी र बिक्रीमा स्वच्छता कायम गर्न कडाइका साथ अनुगमन भइरहेको छ।
अभियान अन्तर्गत बजार क्षेत्रमा खुला रूपमा खाद्य वस्तु राख्ने, अस्वच्छ वातावरणमा खाद्य सामग्री बिक्री गर्ने तथा सरसफाइमा बेवास्ता गर्नेहरूमाथि निगरानीसहित आवश्यक कारबाही सुरु गरिएको महानगरले जनाएको छ।
“हामी सबैको सजगता, सचेतना र सहकार्य नै सुरक्षित र स्वस्थ वीरगञ्ज निर्माणको आधार हो,” “सफा शहर, सुरक्षित जीवन!” महानगरले जनाइएको छ।
