काठमाडौं, भदौ ३१ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले धरानका मेयर हर्क साम्पाङप्रति सामाजिक सञ्जालमार्फत विशेष सन्देश व्यक्त गरेका छन् ।
शाहले साम्पाङलाई सम्बोधन गर्दै लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love. ❤️”
उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विशेष चासोका साथ हेरेका छन् । शाह र साम्पाङबीचको राजनीतिक तथा व्यक्तिगत सम्बन्धलाई लिएर चर्चा हुँदै आएको बेला आएको यो सन्देशले थप तरंग ल्याएको छ ।
