काठमाडौंमा प्रहरीसँग अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

समाचार

काठमाडौं, १५ असोज ।
कर्तव्य पालनाको क्रममा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार सिन्धुली जिल्ला ग्यालेख गाउँपालिका–५ घर भई हाल काठमाडौंको बबरमहल बस्ने ३६ वर्षीय नेवाङ तामाङलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो।

तामाङले ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको विषयमा थप अनुसन्धान भइरहेको समेत महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *