पर्सामा सशस्त्र प्रहरीले रु. ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला सहित मोटरसाइकल बरामद ,चल्ला नष्ट

समाचार

पर्सा, १८ असोज ।
सशस्त्र प्रहरी बल, नेपालले पर्साको धोबिनी गाउँपालिका–२ आस्वारीबाट भारतबाट अबैध रूपमा भित्र्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा पर्सा अन्तर्गत प्रसीसु गुल्म भिखमपुर, अलौ र बीओपी मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाइछुपाइ ल्याइएका चल्ला नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको चल्ला र मोटरसाइकलको बजार मूल्य करिब रु. ८,००,००० बराबर रहेको बताइएको छ।

करिब १० हजार गोटा (१०० कार्टुन) प्रतिबन्धित चल्ला नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहवरमा प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुर परिसरमै खाडल खनी नष्ट गरिएको हो।

यस क्रममा प्रयोग गरिएको मोटरसाइकल भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *