बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बिरगंज -१६ का अनिल कुमार साह पक्राउ

समाचार

वीरगञ्ज, ३१ असोज ।
बैंकिङ कसुर मुद्दामा अदालतद्वारा सजाय तोकिएर फरार रहेका पर्साका अनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट वीरगञ्ज–१६ निवासी ३२ वर्षीय अनिल कुमार साहलाई शुक्रबार दिउँसो १:१० बजे पक्राउ गरेको हो।

साहलाई पर्सा जिल्ला अदालतले मिति २०८१ भदौ २४ गतेको आदेशअनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय र रु. १,९२,४०,००० (एक करोड बयान्वे लाख चालीस हजार) जरिवाना तोकेको थियो। साथै, उनी अन्य दुई मुद्दामा समेत सजाय तोकिएका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई शुक्रबार नै सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

पक्राउ विवरण :

  • नाम : अनिल कुमार साह
  • उमेर : ३२ वर्ष
  • ठेगाना : वीरगञ्ज महानगरपालिका–१६, पर्सा
  • पक्राउ मिति : २०८२ असोज ३१ गते
  • कसूर : बैंकिङ कसुर
  • सजाय : २ वर्ष कैद
  • जरिवाना : रु. १,९२,४०,००० (एक करोड बयान्वे लाख चालीस हजार)

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *