वीरगञ्ज, १२ कार्तिक ।
Generation-Z (Gen-Z) आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी लालबाबु साहलाई पर्सामा पक्राउ गरिएको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी ३९ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
साहलाई ललितपुर जिल्ला अदालतले लागुऔषध सम्बन्धी कसूरमा २ वर्ष १ महिना कैद र एक लाख पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनी मिति २०८२ साल भदौ २४ गते (Gen-Z आन्दोलनका क्रममा) नख्खु कारागारबाट फरार भएका थिए।
पक्राउपूर्व साह आफ्नै गाउँ रानीघाटमा लुकीछिपी बस्दै आएको जानकारीका आधारमा प्रहरी टोलीले मिति २०८२ साल कार्तिक ११ गते साँझ ५:३० बजे उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका साहलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः सम्बन्धित कारागार कार्यालय, ललितपुर पठाउने कार्य भइरहेको छ।
पक्राउ विवरण
- नाम: लालबाबु साह
- उमेर: ३९ वर्ष
- ठेगाना: वीरगञ्ज महानगरपालिका–१०, रानीघाट
- कैदी आईडी नं.: ५२२९००१
- मुद्दा: लागुऔषध सम्बन्धी कसूर
- सजाय: २ वर्ष १ महिना कैद र रू. १,०५,००० जरिवाना
- फरार कारागार: नख्खु कारागार, ललितपुर
- फरार मिति: २०८२।०५।२४
- पक्राउ मिति: २०८२।०७।११
