सशस्त्र प्रहरी पर्सा बिरगंज गुल्मद्वारा साढे ९ लाख मूल्यको औषधिसहित बाराका एक युवक पक्राउ

समाचार

वीरगञ्ज, २२ कार्तिक ।
सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले करिब साढे नौ लाख रुपैयाँ बराबरको अवैध औषधिसहित एक युवकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २२ गते प्रसीसु गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वास्थित भूटनदेवी मन्दिर पछाडिको खेत क्षेत्रबाट भारततर्फबाट अवैध रूपमा ल्याइँदै गरेको विभिन्न प्रकारका मानव प्रयोजनका औषधि बरामद गरेको हो।

करिब रु. ९,५८,९१३ बराबरको ती औषधिसहित बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओम कुमार पासवानलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका युवक र बरामद औषधि आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

यो कारबाहीको पुष्टि सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *