वीरगञ्ज, २६ कार्तिक ।
जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका–३२ चोर्नी बस्ने खेदु महतो धानुकलाई लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ।
पर्सा प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक २३ गते दिउँसो करिब २ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले धानुकले सञ्चालन गरेको किराना पसलमा खानतलासी गरेको थियो।
प्रहरीले सो पसलको पछाडिपट्टि रहेको कोठामा लुकाइ–छिपाइ राखिएको निलो रंगको प्लास्टिकको ड्रममा करिब ८ केजी गाँजा फेला पारेको जनाएको छ।
फेला परेका लागुऔषधसहित धानुकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
