आन्दोलनका क्रममा आपराधिक उपद्रव र आगजनी गर्ने पाँच जना पक्राउ

समाचार

मकवानपुर, २७ कार्तिक ।
मकवानपुरमा गएको जेन–जेड आन्दोलनका क्रममा आपराधिक उपद्रव तथा आगजनीमा संलग्न पाँच जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर प्रहरीले जनाएको अनुसार मिति २०८२ साल भदौ २४ गते भएको उक्त आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा सोही ठाउँमा बस्ने ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट आपराधिक उपद्रव सम्बन्धी म्याद थप गरिएको छ।

त्यस्तै, बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गरेको अभियोगमा सर्लाही बरथवा नगरपालिका–१ बस्ने २७ वर्षीया पुनम ठाकुर, सोही स्थानका २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ बस्ने ४३ वर्षीय सागर (रोमबहादुर) घतानेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका सबै पाँच जना विरुद्ध आवश्यक अनुसन्धान र कानूनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *