महोत्तरी, ८ मंसिर।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी मटिहानीको टोलीले ठूलो परिमाणमा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विशेष निगरानीका क्रममा आज (मिति २०८२।०८।०८) साँझ ४:१० बजे महोत्तरीको मटिहानी नगरपालिका–८ सानो सीमा स्तम्भ नं. २९५/५ नजिकै रहेको नं.२ बोर्डर नाकाबाट भारततर्फबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सप्रनानी टिका बहादुर अधिकारीको कमान्डमा खटिएको तीन जना सशस्त्र प्रहरीको टोलीले भारत, मधुवापुर–मधुबनी गाउँपालिका–२ का ३५ वर्षीय विनोद साह लाई चेकजाँच गर्दा बोकेको निलो झोलाबाट विभिन्न प्रकारका लागुऔषध फेला परेको हो।
बरामद गरिएको लागुऔषधको विवरणः
१. NITZASCPN-10 TAB — ६६ पत्ता (३२९८ पिस)
२. Diazepam Injection (2ml) — २९९ थान
३. Phenagan Injection (2ml) — ३०० थान
४. Buprenophin Injection (2ml) — २७४ थान
५. लागुऔषध जस्तो देखिने खैरो पदार्थ — ६५० मिलिग्राम
पक्राउ परेका साहलाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
