सर्लाहीमा ५२ केजी गाँजासहित एक युवक पक्राउ, ६ दिनको म्याद थप

समाचार

सर्लाहीमा ,२० मंसिर ।

सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–११, हिरापुरस्थित क्षेत्रबाट प्रतिबन्धित लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा २०८२ साल मंसिर १९ गते बिहान ८:०० बजे इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा १२ च ४७१० नम्बरको सेतो रंगको पिकअप भ्यान रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार चालक सिटमुनि फल्सबटम बनाई रातो प्लास्टिकमा बेरिएका १० पोका गाँजा फेला परेको थियो। बरामद गरिएको गाँजाको तौल ५२ किलो रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए।

गाडी र लागू औषधसँगै सर्लाही लालबन्दी–१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेका वाईवाविरुद्ध सर्लाही जिल्ला अदालतबाट ६ दिनको म्याद थपिएपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरेको सामग्रीः

  • ५२ केजी प्रतिबन्धित लागू औषध गाँजा (१० पोका)
  • बा १२ च ४७१० नम्बरको सेतो पिकअप भ्यान

प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने उल्लेख गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *