प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता: द्रुतमार्गको सुरु विन्दुमा छिट्टै वैकल्पिक समाधान

राजनीति समाचार

काठमाडौं,१४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले धार्मिक विश्वास र सम्पदाको संरक्षण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले विकासका नाममा स्थानीय जनताको सरोकार र भावनालाई बेवास्ता गर्न नहुने बताएकी हुन्।
काठमाडौँ–तराई मधेस द्रुतमार्गको सुरु विन्दुका विषयमा देखिएको विवादलाई सम्बोधन गर्दै उनले सरकारले तत्काल वैकल्पिक समाधान खोजेर निष्कर्षमा पुग्ने जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीका अनुसार विकास परियोजनाहरू अघि बढाउँदा स्थानीय समुदायको विश्वास, संस्कृति र सम्पदाको सम्मान अनिवार्य हुनुपर्छ।

उनले विकासका काममा कुनै पनि हालतमा ढिलासुस्ती र अनावश्यक अलमल सह्य नहुने चेतावनी दिँदै सरकारले समयमै निर्णय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई द्रुतमार्ग प्रभावित क्षेत्रका स्थानीयवासी तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। सरकारको स्पष्ट धारणा आएपछि लामो समयदेखि अन्योलमा रहेको द्रुतमार्गको प्रारम्भ बिन्दु सम्बन्धी विवाद समाधानतर्फ जाने अपेक्षा बढेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *