रसीद आलम।बिरगंज ,फागुन ६।पर्सामा मोटरसाइकल दुर्घटनाबाट एक जना को मृत्यु भएको र एक जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ।
धोबिनी गा.पा. वडा नं. ४ पुल चोक स्थित भित्री सडक खण्डमा लंगडीबाट हरिहरपुर तर्फ जाँदै गरेको प्रदेश नं. २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना भई नहरको कलभर्टमा ठोक्किएर सखुवा प्रसौनी गा.पा. वडा नं. ६ स्थायी घर भएका वर्ष १४ को दिपेश कुमार यादवको मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक आयुष जोशीको कमान्डमा गएको प्रहरी टोलीले तत्कालै घटनास्थलमा पुगि उद्वार गरेको तथा लास पोष्ट मार्टमको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।
उक्त घटनाको क्रममा थप अनुसन्धान गर्दै जाँदा दिपेश कुमार यादव धोबिनी ४ स्थित पप्पु यादवको घरमा घर पुजाको कार्यक्रममा गएको र पप्पु यादवकै मोटरसाइकल लिई विवाहको नाच हेर्न पप्पु यादवकै नातेदार वर्ष १० को दिपु यादवलाई पछाडी राखी जादै गरेको अवस्थामा कलभर्टमा अनियन्त्रित भई मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।
पछाडी बस्ने दिपु यादवको अवस्था सामान्य रहेको तथा उक्त सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक जोशीले जानकारी गराएका छन ।