सुनसरीमा एक युवकमाथि प्रहरीले चलायो गोली

समाचार

काठमाडौं, ४ जेठ । सुनसरीमा प्रहरीले लागूऔषध कारोबारी युवकमाथि गोली हानेर नियन्त्रणमा लिएको छ।

रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *