रसीद आलम,बारा,२८ मंसिर ।
बाराको सुवर्ण गाउँपालिका–३ मा प्रहरीले १ लाख २० हजार रुपैयाँ बराबरको बिलबिजक नभएको कपडा नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रनानी खड्कबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले मिति २०८१ मंसिर २७ गते बिहान ९:५० बजे काठमाण्डौंबाट सतगंजतर्फ जाँदै गरेको यात्रुबाहक बस (प्र.०३-००१ ख २५३५) लाई रोकी चेकजाँच गर्दा उक्त सामान फेला परेको हो।
प्रहरीले बसभित्र लोड गरिएको सामानमा बिलबिजक नपाएपछि नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश् सापकोटाले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएका सामानहरू:
सानो बच्चाको हुड्टी: १२६ थान
ठुलो हुड्टी: १४० थान
फरारी ज्याकेट: २९ थान
आउर: ४ थान
