पर्सा, फागुन ९। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवको उपस्थितिमा वीरगञ्ज महानगरपालिका–२३ मा उल्लेखनीय पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला सदस्य तथा पूर्व गाविस अध्यक्ष जमुना यादव सहित भोला यादव, कलीम मियाँ, मनोज यादव लगायतका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार यादवले देश विकास, सुशासन र “समृद्ध नेपाल” निर्माणको साझा लक्ष्यमा एकजुट भएर अघि बढ्न आह्वान गरे। उनले प्रतिबद्ध र सचेत नागरिकहरूको एमाले परिवारमा आगमनले पार्टीको संगठनात्मक आधार अझ सुदृढ भएको उल्लेख गरे।
उनका अनुसार सामूहिक प्रयास, एकता र दृढ संकल्पबाट जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्दै राष्ट्र निर्माणको यात्रामा अघि बढिनेछ।
स्थानीय तहमा प्रभावशाली व्यक्तित्वहरूको एमाले प्रवेशसँगै पर्सा क्षेत्र नम्बर १ मा चुनावी माहोल थप तातेको देखिएको छ। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
