ब्राउनसुगरसहित बारामा एक युवक पक्राउ

समाचार

बारा, १६ चैत । लागूऔषधसहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ चैत १६ गते साँझ करिब ५:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिमरा तथा मातहत ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १० नितनपुर चौक क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका एक पुरुषलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिको चेकजाँच गर्दा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने सत्यनारायण साहका छोरा अन्दाजी २५ वर्षीय अनिल साह रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनिल साहले चलाइरहेको इलेक्ट्रिक स्कुटीसहित उनको शरीर तलासी गर्दा ६ ग्राम २१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो। उक्त पदार्थ रितपूर्वक बरामद गरी उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालयमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *