लागू औषध अफिमसहित दुई जना पक्राउ

समाचार

बारा, चैत २६।  लागू औषध नियन्त्रणका क्रममा प्रहरीले अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल चैत २५ गते अपराह्न करिब ४:३० बजे विशेष सुराकीको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज, पर्सा तथा इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित कल्पवृक्ष होटल अगाडि हेटौंडा–अमलेखगञ्ज सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलाश गाउँपालिका वडा नं. २ निवासी वर्ष ५५ का खडगबहादुर मोक्तान र सोही स्थानका वर्ष ४९ का लालबहादुर स्याङतान रहेका छन्।
प्रहरीका अनुसार तलासीका क्रममा लालबहादुर स्याङतानले बोकेको कालो रंगको “CAT” लेखिएको झोलाभित्र कालो प्लास्टिकले बेरी लुकाई राखिएको अवस्थामा अफिमजस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थ बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *